बिहिबार, बैशाख १३, २०८१

शान्ति समितिमा उजुरी दर्ताको क्रम बढ्दो

काठमाडौं बैशाख ३०, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले सञ्चालन गरेको उजुरी सङ्कलन कार्य अन्र्तगत स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १६२ वटा उजुरी र त्यस्तैगरि स्थानीय शान्ति समिति रौतहटमा ३५ वटा उजुरी दर्ता santi-ko-logoभएको समाचार प्राप्त भएको छ ।

तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाका उजुरी दर्ता गरी कारवाहीको माग गरिएको जनाउँदै चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि १५३ र बेपत्ता छानबिन आयोगका लागि नौवटा उजुरी परेको स्थानीय शान्ति समितिले जनाएको छ । त्यस्तैगरि शान्ति समितिको कार्यालय गौरका अनुसार समितिबाट तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाका उजुरी दर्ता गरी साताका एकपटक आयोगको केन्द्रीय कार्यालयमा पठाउने जनाएको छ ।