शुक्रबार, बैशाख १४, २०८१

शान्तिबाटिकामा गोरख जयन्ती महाउत्सव गरिने

काठमाडौ ज्येष्ठ ७ , ॐ सेना नेपालले शनिवार भगवान महायोगी सद्गुरु गोरखनाथ बाबा प्रकट भएको दिन अर्थात बैशाख शुक्ल पूर्णिमाको दिन विभिन्न कार्यक्रम गरी गुरु गोरखनाथ जयन्ती मनाउने भएको छ । शनिवारका दिन राजधानीको शान्तिबाटिका परिसरभित्र अवस्थित गोरखनाथ भगवानको तस्वीर 3गोरखनाथको मूर्तिमा गोरख विधिद्वारा पूजाआज अनुष्ठान, साधुसन्तहरूलाई भण्डारा, प्रसाद वितरण आदि गरी गोरखनाथ जयन्ती महाउत्सव मनाइने ॐ सेना नेपालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा ॐ सेना नेपालका केन्द्रीय अध्यक्ष धनबहादुर कु“वरलाइ उदृत गर्दै महाउत्सवमा गोरखरोट् प्रदर्शन, पञ्चेबाजा, नेवारीबाजा, भजनकिर्तन आदिको प्रस्तुति, गोरखध्वजोत्तलन, प्रतिष्ठित व्यक्तित्त्वहरूलाई गोरखपदकबाट विभूषित गर्नेे लगायतका कार्यक्रम रहेको उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा त्यस दिन गोरख जयन्तीको अलवा गौतमबुद्ध जयन्ती, चण्डिपूर्णिमा, उभौलीपर्व लगायतका धार्मिक एवं सांस्कृतिक पर्वहरूको संयोग परेको सो दिन अन्य स्थानमा प्रतिवर्ष गोरख जयन्तीका कार्यक्रम मनाउने गरिएपनि यसपटक शान्तिबाटिमा हुनलागेको गोरखजयन्ती कार्यक्रम पहिलो कार्यक्रम भएको बताइएको छ । प्राय बन्द रहने शान्तिबाटिका भित्र गोरख जयन्ती महाउत्सवको लागि महानगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति प्राप्त भइसकेको र ८ गते कार्यक्रम दिउसो दुईबजेबाट शुरु हुने बताईएको छ