बिहिबार, बैशाख १३, २०८१

वैरोका लेखा अधिकृत घुस लिँदालिँदै पक्राउ

download (7)काठमाडौ वैशाख २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरका लेखा अधिकृत प्रकाश आचार्यलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगले आज एक विज्ञप्ति प्रकाशित गरी एक म्यानपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि यसपूर्व नै रु दश हजार घुस लिइसकेको र थप घुस मागेको भन्ने सूचनाका आधारमा आचार्यलाई पक्राउ गरिएको जनाएको छ ।