बिहिबार, बैशाख १३, २०८१

विपक्षीदलको अवरोधपछि व्यवस्थापिका–संसद्को बैठक मङ्गलबार सम्मका लागि स्थगित

 छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्न नसक्ने काँग्रेसको  जिकिर 

काठमाडौ ज्येष्ठ १७, आज बसेको व्यवस्थापिका–संसद्को बैठक पटक पटकको स्थगनपछि अन्तत मङ्गलबार ११ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गरिएको छ । यसअघि व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा आव २०७३/७४ को बजेट सार्वभौम CA_20141009085850संसद्समक्ष प्रस्तुत भएकोमा सदनको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद डा रामशरण महतले सदनमार्फत सार्वजनिक हुनुपर्ने बजेट पत्रिकाबाट आएको र त्यसबाट संसद्को मानहानि हुनुका साथै विशेषाधिकारसमेत हनन भएको भन्दै आपत्ति जनाउँदै त्यसको छानबिनको माग गर्दै विपक्षी दलका सांसद आ–आफ्ना आसनबाट उठेपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगन भएको घोषणा गर्नुभएको थियो ।

त्यस लगत्तै बसेको दोस्रो तेस्रो र चौथौं बैठकमा पनि चित्त बुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने भन्दै सासदहरुले विरोध जनाउँदै आ–आफ्ना आसनबाट उठेर विरोध गरेपछि उहाँहरूलाई आसनमा बस्न सभामुख ओनसरी घर्तिले बारम्बर आग्रह गर्नुभए पनि त्यसको सुनुवाइ नभएपछि मङ्गलबार ११ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गर्नुभएको हो ।

यसैवीच   प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ । काँग्रेसका सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताउँदै   उहाँले भने   हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै  निर्णय गरेको  छैन । यस अर्थमा पनि  छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने  जिकिर  गर्नु भएको  छ ।