शनिबार, बैशाख ८, २०८१

विद्यार्थी सङ्गठन र मन्त्रालयवीच ३ बुँदे सहमति,बढि शुल्कलिने विद्यालयलाई कारवाहि गरिने

 सोमबारदेखि सयुक्तरुपमा निजी विद्यालयको शुल्क अनुगमन गरिने

काठमाडौ बैशाख २४,शिक्षा मन्त्रालयले निजी विद्यालयको अनुगमन नगरेको भन्दै केहि दिन यता देखि अनुगमनको आन्दोलन सहितको Captureअभियान जारी राख्दै आएका १३ विद्यार्थी सङ्गठन र शिक्षा मन्त्रालयवीच आज ३ बुँदे सहमति भएको छ ।  प्रस्तुत सहमति अनुरुप सोमबारदेखि निजी विद्यालयले लिने शुल्कको अनुगमनका लागि संयुक्त रूपमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनलाई पनि अनुगमन समितिमा राखेर शुल्कको अनुगमन गर्ने भएको छ ।

यसैवीच नविसंघका प्रवक्ता युपी लामिछानले आज भएको सहमति अनुरुप केन्द्रीय तहमा शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिवको संयोजनमा केन्द्रीय अनुगमन समिति र जिल्ला तहमा उपसचिवको संयोजनमा जिल्लामा अनुगमनमा समिति बनाइने सहमति भएको जानकारी दिदै अनुगमनका क्रममा बढी शुल्क लिने विद्यालयबाट रकम फिर्ता  एवम् बढि शुल्क लिने  विद्यालयलाई कारवाहि गरिने  सहमति भएको जानकारी दिनु भएको छ ।