बिहिबार, बैशाख ६, २०८१

ल्ह्यारक्याल विरुद्ध मुद्दा दायर

काठमाडौ बैशाख ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल lyarkyar-350x235लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सांसद लामाको आयव्यय विवरणमा फरक परेको रु नौ करोड ४४ लाख ७२ हजार १७९ को स्रोत नखुलेको पाइएकाले पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर सहित आयोगले निलम्बित सांसद लामाले अवैधरुपमा रु ९ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो ।