बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपतिद्वारा बुद्धजयन्ती समारोहको उद्घाटन, बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्नेमा जोड

लुम्बिनी   ज्येष्ठ ८,  राष्ट्रपति विद्यादेवी भण्डारीले २५६० औँ बुद्ध जयन्ती समारोहकोे बुद्ध जन्मस्थल लुम्बिनीमा एक विशेष कार्यक्रमकावीच उद्घाटन गर्नुभएको छ ।  त्यस्तै उद्घाटनसत्रलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा बृहत लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयन गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
साथै उहाँले सिद्धार्थ गौतमको उपदेश २५६० औँ वर्ष पहिलो जतिकै अहिलेको आक्रान्त विश्वका लागि उतिकै सान्र्दभिक रहेको बताउँदै उहाँले 20160521044637_budda jayantiiiदिएका उपदेश मन, वचन र कर्मले पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहानका रुपमा रहेकाले यसलाई सरकारले प्राथमिकता दिएर खास पवित्रस्थलका विकास गर्नका लागि आवश्यक तयारी भइसकेको बताउँनु भएको छ ।

त्यसैगरि उद्भाटन सत्रका अर्का वक्त नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भगवान् गौतमबुद्ध लुम्बिनीमा जन्मिनुका साथै बुद्धत्व प्राप्त गरेको चर्चा गर्दै उहाँले विश्व माझ बुद्धको ज्ञान फैलाउन महत्वपूर्ण कार्य गरेको बताउँदै लुम्बिनी गुरुयोजना पूरा गर्न विशेष प्राथमिकताका साथ सरकारले काम गर्नुपर्नेमा सरकारको ध्यानकर्षण गराउँनु भएको थियो भने एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ हजार ५ ६० वर्ष पहिले बुद्ध दर्शनको जति महत्व थियो त्यो महत्व अझै जिवन्त रहेको उल्लेख गर्नु भएको थियो ।  ।कार्यक्रममा संस्कृति, मन्त्री आनन्दप्रसाद पोखरेल लगायतका वक्ताले बोल्नु भएको थियो भने बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३ सय ५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।