शनिबार, बैशाख ८, २०८१

राप्रपा एकीकृत अभियान सुरु, पार्टी अध्यक्ष कमल थााले मतदाताको विश्वासमाथि घात गरेको आरोप

काठमाडौं बैशाख ३१, बैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक धारको निर्माण  एवम्  समान विचारधारा भएका सबै शक्तिलाई एक बनाउने प्रयास अनुरुप राप्रपा नेपालका निलम्बित पूर्वसहअध्यक्ष केशरबहादुर विष्टको संयोजनमा राप्रपाका विभिन्न समूहलाई एकीकृत बनाउने a1[1]अभियान सुरु भएको  छ ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत अभियानको जानकारी दिदै राप्रपा नेपालका पूर्वसहअध्यक्ष विष्टकले प्रस्तुत अभियानले विभिन्न टुक्रामा विभाजित राप्रपाका देशभरिका कार्यकर्तालाई एकीकृत गर्ने बताउँनु भएको छ ।  त्यस्तै एउटै मान्यता, सिद्धान्त र आदर्शमा विश्वास गर्ने शक्तिहरु एकजुट हुन आवश्यक रहेकोले सो उद्देश्य प्राप्त गर्न आगामी ज्येष्ठ २ गते वृहत भेलाको समेत आयोजना गरिएको उहाँले जानकारी दिदै भेलामा राप्रपाका वरीष्ठ नेताहरु पशुपति समशेर राणा र डा. प्रकाश चन्द्र लोहनीको समेत सहभागिता रहने बताउँनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा परराष्ट मन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको दोधारे नीतिले राप्रपा नेपाल धराशयी हुनुको अलावा मतदाताको विश्वासमाथि घात भएको धारणा सहित राप्रपा नेपालभित्र जारी एकोहोरो कारवाहीको निन्दा र भत्र्सना गरिएको थियो ।
राप्रपा, राप्रपा नेपाल समानान्तर, राप्रपा नेपाल, राप्रपा राष्ट्रवादीको सहभागिता रहने बताईएको छ ।