शुक्रबार, बैशाख १४, २०८१

युनियनले आजदेखि वर्षभरि रजत महोत्सव मनाउँदै

काठमाडौं  ज्येष्ठ १३, लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनले युनियन स्थापना भएको २५औँ वर्षको अवसरमा आजदेखि देशभरि रजत महोत्सव मनाउँदैछ । विसं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले पेसागत प्रत्याभूति र एकताबद्ध तथा सङ्गठितरुपमा अगाडि बढ्ने दृढ प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो ।

रजत महोत्सवको अवसरमा देशका अन्य शाखामा विभिन्न कार्यक्रमको आयोजना गरिएको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिदै युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा स्थापना दिवस मनाउँदै आएको छ ।

त्यस्तै युनियनले आज स्थापनाकालका संयोजक जयप्रकास गुप्तासहित हरि अधिकारी, रमेश तुफान, राजेश ढुङ्गाना, शिरिषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधानलाइ रजत महोत्सवको क्रममा सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।