बिहिबार, बैशाख १३, २०८१

यस्तो छ नयाँ शक्ति नेपालको पार्टी घोषणा एवम राष्ट्रिय भेलाका कार्यक्रम

naya-shakti-flge-300x183काठमाडौ ज्येष्ठ ९ , नयाँ शक्ति नेपालले आगामी ज्येष्ठ ३० मा गर्ने पार्टी घोषणा कार्यक्रम एवम् राष्ट्रिय भेलाका लागि कार्यक्रम र जिम्मेवारी बाँडफाड गरेको छ । भेलाको पहिलो दिन ज्येष्ठ ३० गते नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणासभा दशरथ रंगशालामा आयोजना हुने छ । एक लाख संस्थापक सदस्यहरुको सहभागितामा हुने भेलाले ऐतिहासिक रुपमा नयाँ शक्तिको घोषणासहित सामुहिक सपथग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै ज्येष्ठ ३१ र ३२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नयाँ शक्ति नेपालको बन्दसत्र आयोजना गरिने भएको छ ।

बन्दसत्रमा देशभरिबाट करिब १५ सय प्रतिनीधि पर्यवेक्षकहरु सहभागी हुनेछन् भने बन्दसत्रमा पार्टीको संगठनात्मक विधान प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक समृद्धिको कार्ययोजना समेत पारित गर्ने कार्यक्रम निर्धारण गरिएको नयाँ शक्ति नेपालद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।
त्यस्तै विज्ञप्तिमा राष्ट्रिय भेला आयोजनाका निम्ति पार्टी संयोजक डा।बाबुराम भट्टराईको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको अध्यक्षतामा पार्टी घोषणा समारोह मूल व्यवस्थापन समिति गठन गरिएको र सोही समितिका संयोजक देवेन्द्र पौडेलको अध्यक्षतामा बैठक बसी उक्त समारोहलाई व्यवस्थित गर्नका लागि गरेका निर्णयहरु यस्तो छ

क. समारोह व्यवस्थित गर्न निम्न बमोजिमका विभिन्न उपसमितिहरु गठन गरेको छ ।

१. आर्थिक समिति
डा. बाबुराम भट्टराईको संयोजकत्वमा केशव राई, पासाङ शेर्पा, परशुराम खापुङ्ग, मदन राई, सुरेन्द्र चौधरी, रामेश्वर खनाल, डा।प्रविण मिश्र, परशुराम खापुङ, डा.राजेन्द्र केसी, विकेमान सिंह, दुर्गा सोव, करिष्मा मानन्धरलगायत आर्थिक विभागका सदस्यहरु रहेका छन् ।

२.  जनपरिचालन व्यवस्थापन उपसमिति गंगा श्रेष्ठको संयोजकत्वमा देवेन्द्र पराजुली, वामदेव क्षेत्री, कर्णध्वज केसी, महेन्द्र पासवान, राम कुमार शर्मा, भक्तबहादुर शाह, लिला भण्डारी, राजेन्द्र किराँती, ओहित अन्सारी, कृष्ण शर्मा, रमेश महतो, ओम वाग्ले, ईश्वर रिजाल, रोशन पोखरेल रहेका छन् ।
३. प्रतिनिधिरपर्यवेक्षक आवास व्यवस्थापन उपसमिति
बलावती शर्माको संयोजकत्वमा सोनामसिंह स्याङतान, रमेश पन्त, लालध्वज नेम्वाङ सीता श्रेष्ठ, गोकुल केसी ।
४. मञ्च व्यवस्थापन उपसमिति
क’मार पौडेलको संयोजकत्वमा, ध’्रव पराजुली, ओमकुमारी पौडेल, उमेश थापा, गोविन्द केसी, जेकेन्द्र श्रेष्ठ ।
५. बन्द सत्र हल व्यवस्थापन उपसमिति
हिसिला यमीको संयोजकत्वमा केशवमान शाक्य, सरुण बाठा मगर, हरि चौंलागाईं, टेकम बाठा मगर, पञ्चलाल मर्हजन ।
६. अतिथि सत्कार उपसमिति
नवराज सुवेदीको संयोजकत्वमा प्रदिपमान तुलाचन, हरेराम कोइराला, जनक शाह, अन्तराष्ट्रिय विभागका सदस्यहरु ।
७. प्रचार, प्रसार र प्रकाशन उपसमिति
खिमलाल देवकोटाको संयोजकत्वमा डम्बर खतिवडा, निर्मल भट्टराई, रुद्र भट्ट, सुदर्शन खतिवडा, प्रकाश सापकोटा, केशव अर्याल, अरुणा रायमाझी र सुचना–सञ्चार तथा प्रचार–प्रसार एवं प्रकाशन विभागका सदस्यहरु रहेका छन् ।
८. सांस्कृतिक टिम परिचालन उपसमिति
अशोक शर्माको संयोजकत्वमा करिष्मा मानन्धर, प्रदीप देवान, सरोज खनाल, लक्ष्मण शेष र सांस्कृतिक विभागका सदस्यहरु ।
९.स्वास्थ्य व्यवस्थापन उपसमिति
डा.जितेन्द्र महासेठको संयोजकत्वमा डा।ज्ञानेन्द्र शाह, डा।राम केवल शाह र स्वास्थ्य विभागका सदस्यहरु ।
१०. स्वयंसेवक परिचालन उपसमिति
नारायणराज पाण्डेको संयोजकत्वमा कमल शाही, लक्ष्मण कार्की, युवा विभागका सदस्यहरु तथा आमन्त्रित सदस्यका रुपमा रिषवदेव भट्टराई
११. संघसंस्था निमन्त्रणा उपसमिति
मुमाराम खनालको संयोजकत्वमा गणेश राई, विरेन्द्र पोखरेल, लिली थापा, दुर्गा शोवसहित संघ संस्था विभागका सदस्यहरु ।
१२.राजनैतिक दलहरुलाई निमन्त्रणा उपसमिति
रामचन्द्र झाको संयोजकत्वमा कल्पना धमला, मुक्ति प्रधान, तिलक थापा, सुशिला शिर्पाईली ।
१३. कार्यालय व्यवस्थापन र लेखा उपसमिति
केशव दाहालको संयोजकत्वमा सविना अर्याल, फणिन्द्र देवकोटा, विश्वदिप पाण्डे, राजु नेपाल, विदुर खड्का र केन्द्रीय कार्यालय ।
१४. भोजन व्यवस्थापन उपसमिति
बज्रकिशोर यादवको संयोजकत्वमा मनु हुमागाई, सविता भण्डारी, शोभा बज्राचार्य र राजु मर्हजन ।

ख. पार्टी स्थापना घोषणा कार्यक्रममा जेष्ठ २९ गतेसम्म सदस्यता लिने एकलाख पार्टी संस्थापक सदस्यहरु देशैभरीबाट र प्रवासबाट समेत सहभागी भै सामुहिक पार्टी घोषणा र शपथ ग्रहण गरिने कार्यक्रम रहेकोछ । उपस्थित हुन असमर्थहरुका हकमा तत्तत् स्थानमा एकसाथ सपथ ग्रहण गर्ने कार्यक्रम निश्चित गरिएकोछ ।
. नयाँ शक्ति नेपालको संस्थापक सदस्य बन्नका लागि आर्थिक समृद्धि, सुशासन र समान’पातिक सहभागिताम’लक लोकतन्त्रका पक्षधर विभिन्न राजनैतिक दल र समाजका प्रतिष्ठित व्यक्तित्वहरुसँग भैरहेका छलफलहरु सकारात्मक दिशामा उन्मुख छन् । यसै सन्दर्भमा अरु सबै पक्षहरुलाई समेत उक्त प्रक्रियामा शिघ्रातिशिघ्र सहभागी हुन हार्दिक अपिल गर्दछौं ।
. आर्थिक समृद्धि सुशासन र समान’पातिक सहभागितामूलक लोकतन्त्रकाको कार्यसूचि यतिबेला देश र जनताको प्रमुख कार्यसूचि हो । यसै कार्यस“चिमा एकीकरण र ध’्रविकरण आजको आवश्यकता हो । यो बाहेक अरु कुनै पनि बहानाका एकीकरण र ध्रुवीकरणले देश र जनताको अपेक्षाको परिप“र्ति नगर्ने हँुदा कुनै पनि भ्रममा नपरीे नयाँ शक्ति नेपालमा लामबद्ध हुन हार्दिक अनुरोध गरिन्छ ।
ड. सुशासन तथा विकास तथा आर्थिक समृद्धि एवम् समानुपातिक समावेशी सहभागितामूलक लोकतन्त्रको मूल लक्ष्यकासाथ स्थापना हुन गईरहेको वैकल्पिक राजनीति धारका रुपमा आरम्भ गरिएको नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणासभा हुन गैरहेको छ । देश र जनताको हित र समृद्धिका लागि ऐक्यबद्धता प्रदर्शन गर्न जेष्ठ ३० गते रंगशालामा उपस्थित हुन सबैमा हार्दिक अनुरोध गरिएकोछ ।