शुक्रबार, बैशाख १४, २०८१

मेरो नजरमा राजदूत उपाध्याय

देबेन्द्र केसी /नयाँ दिल्ली
हुन त कुनैपनि मान्छे आफैमा पुर्ण हुदैन । केहि गुण अनि केहि अवगुण केहि आत्मियता अनि केहि टेढोपन हुन्छनै । जब भारतमा नेपाली कूटनीति सुन्यमा थियो तब केहि आसा केहि भरोसा नेपाली हाईकमान बाट लिएर नेपाली राजनीतिमा खारिएको अनि स्थिति तथा परिस्थितिले Prabin-K2557तिखारिएको ब्यक्तिको गत साल नयाँ दिल्लीको बाराखम्बा स्थित नेपाली दुतावासमा आवागमन भएको थियो । छ बर्षे सुन्य कूटनीति ले नेपाल भारत समन्ध मात्र होईन राजदूतले प्रयोग गर्ने सिरक डसना पनि धुल्याम्य भएका थिए । यो सिरकबाट जस्तै धुलो झारेर म नेपाल भारत को समन्धलाई नयाँ उचाई दिन्छु सायद यहि सोचेहोलान त्यतिबेला त्यो सिरक डसनाको धुलो झार्दा । मोटो जिउडाल , ठुला अनि चम्किला आँखा मोदीकट वासकोट अनि नेपाली ढाका टोपीमा ज्यानमा पनि भारत नेपाल मिलाउछन मिसनकै शैलीमा । भारतीय रास्ट्रपति सामु आफ्नो ओहदाको प्रमाणपत्र बुझाउदै ज्यानले परिचय थियो आई एम दिपकुमार उपाध्याय करेण्ट एम्बेस्टर अफ नेपाल रास्ट्रपतिको अनुमति सड्गै ति चम्किला आँखाले यो चम्किलो सहरमा पिल्सिएका नेपाली हरुको समस्या खोज्न थाल्यो ।

दिल्ली,मुम्बई लगायतका महानगरमा । प्रवासीका पिरमर्का बुझ्दै बुझाउदै सुन्यमा रहेको नेपाली कूटनीतिलाई धार दिन राजदूतलाई कसैले सम्झाउन परेन । सक्रिय राजनीति गर्दा गर्दै राजदूत बनेर दिल्ली छिरेका उपाध्यायलाई दिल्लीमा राजनीतिलाई पर राखेर सदैव राष्ट्रलाई मानसपटलमा राखेर कार्य गरे । हामी प्रवासमा कार्यरत पत्रकारले आफ्नो अभिभावक संस्था नेपाल पत्रकार महासंघ भारत साखा तदर्थ समिति गठनको कार्यक्रममा हाम्रो पहिलो भेट भयो । मोदीकट वास्कोट र ढाका टोपीमा ठाँटिएका उपाध्यायको मधुर बचन र मिजाशिलो बानी सायद मलाई मन परेछ । त्यसपछि धेरै कार्यक्रममा हाम्रो सहकार्य भयो ।

गत बैसाखमा गएको महाभुकम्पले देश थिलो थिलो बनाउदा राजदूतलाई निद्रा कसरी लाग्थ्यो र ?  कूटनीतिक सफलता देखाउदै भारत लाई सबै भन्दा पहिला देसमा पुर्याए ।एम्बेसीमा पत्रकारको रोहबरमा राहत सामग्री सड्कलन गरि नेपाल ट्रकका ट्रक पुर्याए ।देशको घाउमा मल्हम लगाउन दिनरात एक बनाए राजदूत ले । घाउमा खाटा बस्यो चर्रयाउन कम भयो । अनि आफ्नो मिसन कूटनीतिू अझ दुर्त गतिमा अघि बढ्यो । एकातिर कूटनीति अनि अर्कोतिर प्रवासी पिर निवारण निति गजबको तारमम्यता राजदूत को कार्यशैलीमा प्रस्टियो । नेपालबाट औषधोपचारका लागि आउने नेपाली नागरिकलाई बिस प्रतिशत छुटमा उपचार पाउनुपर्छ भनेर भारतीय हाईकमान र भारतीय मेडिकल एसोसियसन सँग लड्ने पहिलो नेपाली कूटनीतिज्ञ बने । नेपाल छिर्ने बोर्डरको अबस्था बारे भारतीय ठालुलाई अबगत गराउदै बोर्डरका रोड चारलेनको गराउन माग गरे ।उनले माग मात्र गरेनन पुरा पनि गराए । सधै मिसन कूटनीतिकै चटारोमा रहने उपाध्यायलाई अझै चटारो अनि अफ्ठयारो मा पारिदियो दक्षिणमा मधेशी मोर्चाले गरेको आन्दोलन र त्यसलाई सघाउन गरेको भारतीय अघोषित नाकाबन्दीले ।

नेपालबाट नाकाबन्दी फुकाउन भारत लाई आग्रह गर भन्दै दबाव अनि भारतबाट नेपाल सरकारलाई मधेशीको माग पुरा गर्न लगाउ भन्ने दबाव। दबावै दबावमा दशै तिहार बित्यो रामो सड्घर्ष पछि भारतको अघोषित नाकाबन्दी अघोषित रुपमै खुल्यो । बल्ल चैनको सास लिएर राजदूतले मिशन कूटनीति को बिडा फेरि उठाए । मुन्टो बटारेर भएपनि भारत नेपाल कूटनीति तहमा आयो । सबै तारंम्यता मिलाएपछि घोषेमुन्टो लाएर प्रधानमन्त्री केपी ओली बथानसहित आए भारत। मुम्बई , गुजरात,उत्तराखंडको सैरपछि राजदूतावास मै पत्रकार सम्मेलन गरेर मेरो भ्रमण फलदायी भयो भनेर छाती फुलाए । ओलीको छाती ५६ ईन्चको बनाउदा पनि राजदूत उपाध्यायको मिसन कूटनीति काम लाग्यो । नेपाल फर्केसड्गै चिन हान्निएका ओलीले चिनबाट पनि ठुलै पोको कोसेली ल्याए । कोशेली पाएसड्गै भारत बिरुद्द आक्रामक बनेका ओलीलाई देखाई दिन भारतले बिभिन्न हतकण्डा अपनायो जसमा प्रचण्डको नेतृत्व मा काड्ग्रेसको सहमतिय सरकार बनाउने योजना पनि सामेल थियो । पटक पटक नेपाल मामिलामा असफल भारतीय कूटनीतिको कारण पछारिएको भारतले प्रचण्डको महत्वाकांक्षालाई आधार बनाएको अनुमान छ ।तर यहाँ भारतले ओली सरकार ढाल्न खोज्नु , नवनिर्वाचित काँगैस सभापति शेरबहादुर देउबाको सरकारमा जाने हतारो र माओबादी अध्यक्ष प्रचण्डको सरकारको नेतृत्व गर्ने लालचले आज राजदूत दिपकुमार उपाध्याय लाई बलिको बोको बनाई कथित चहलखेलको नाममा नेपाल फिर्ता बोलाईएको छ । राजदूत उपाध्यायलाई फिर्ता बोलाउने ओली सरकार ले उनकै घटक माओबादीका नेता प्रचण्डको लालचलाई किन बुझेन ? प्रश्न टड्कारो छ । राजदूत उपाध्याय ले भने झै भगवानले जे गर्नुहुन्छ राम्रोको लागि गर्नुहुन्छ राजदूत उपाध्यायको भारत बसाई चुनौतीपुर्ण र सड्घर्षपुर्ण रह्यो अनि बिभिन्न ठाँउमा गरेका काम र यो परिस्थिति स्मरणीय रहयो । प्राय सबैको मनमस्तिस्कमा राम्रो छाप बनाएका राजदूत उपाध्यायले भनेझै नेपाल सरकार को यो कदमले प्रधानमन्त्री ओली, माओबादी नेता प्रचण्ड लगायत राष्ट्रले फिर्ता गरेका राजदूत उपाध्यायका सम्पूर्ण यात्रा सफल होउन कामना