शुक्रबार, चैत्र १६, २०८०

मुलुकको आर्थिक विकास लक्षित बजेट ल्याउने सरकारको तयारी :प्रम ओली

प्रसंग प्रेस चौतारी नेपालको ८ औं राष्ट्रिय महाअधिवेशन

काठमाडौ ज्येष्ठ ६ ,प्रधानमन्त्री केपी ओलीले प्रेस चौतारी नेपालको ८ औं राष्ट्रिय महाअधिवेशनको आज एक विशेष कार्यक्रमकावीच उद्घाटन गर्दै मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब मुलुकको आर्थिक विकास विकास लक्षित बजेट ल्याउने सरकारको तयारी aaरहेको र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा प्रचार गर्नुपर्नेमा जोड दिनु भएको छ ।  त्यस्तै उहाँले सम्बोधनको क्रममा उहाँले सरकारले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी रु १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिनुको अलावा अवको केहि समय पछि तेल उत्पादनको लागि दैलेखमा तेल खानीको अन्वेषण गरिसकेको बताउनुभएको छ।

साथै कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कारबाट दिलीपकुमार सिंहलाई सम्मानीत गर्नु भएको छ ।

त्यस्तै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले उद्घाटनसत्रलाइ सम्बोधन गर्दैबजेटमार्फत पत्रकारका अधिकांश माग सम्बोधन गरिने  छ । साथै उहाँले त्यस क्रममा आमसञ्चार नीतिको आन्तरिक मस्यौदा तयार पारिएको समेत जानकारी दिनुभएको छ ।  त्यस्तै उद्घाटनसत्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस युनियन नेपालका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रस्तुत महाधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्नेछ ।