शनिबार, बैशाख ८, २०८१

मानवाधिकारको संरक्षणकालागि लागि सरकार प्रतिबद्ध रहने प्रम ओलीको प्रतिवद्धता

काठमाडौ ज्येष्ठ १३ , राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित चियापानमा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले सरकार मानवाधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको अभिव्यक्ति दिदै मानवाधिकारको अवस्था प्रभावकारी logoबनाउँन र त्यसको रक्षाका लागि सरकार सदा समर्पित रहको बताउँदै दयाराम परियार मानवअधिकार स्मृति सम्मान, २०७२’ बाट जनकपुरका पत्रकार श्यामसुन्दर शशि र बेचबिखनमा परेका महिलाको उद्धार तथा पुनःस्थापना गर्दै आउनुभएकी चरिमाया तामाङलाईसम्मान गर्नु भएको थियो ।

  कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको संरक्षणका लागि आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न सरकार गम्भीर बन्न आवश्यक रहेको जिकिर गर्दै मानीसको सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षाका लागि आयोग प्रतिवद्ध रहेको बनाउँनु भएको छ ।