शुक्रबार, बैशाख ७, २०८१

माग पूरा नभएसम्म राजधानी केन्द्रीत आन्दोलन :सङ्घीय गठबन्धन

 घेराउ आन्दोलनको प्रति नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको ऐक्यवद्धता

काठमाडौ ज्येष्ठ २, संविधानसभाबाट जारी भएको संविधानका केही बँदाप्रति असन्तुिष्ट जनाउँदै आन्दोलनमा होमिएका सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले आज सिंहदरबार घेराउ गरेको छ ।  राजधानी केन्द्रित आन्दोलनमा उत्रेको सङ्घीय गठबन्धल्े बिहान नौ Captureबजेदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलामा २ दिएका थिए । घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बनेको थियो भने सिंहदरवार घेर्न माइती घर मण्डला र बिजुलीबजार नाकामा केन्द्रित भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । माइती घर मण्डला क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले लाठीचार्च गरेको छ । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

धर्नामा गठबन्धनका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल, राजकिशोर यादव, अशोक राई, अनिल झा, परशुराम तामाङ, लगायतको ुहभागीता रहेको थियो । प्रदेश सीमाङ्कन र जनसङ्ख्याका आधारमा राजनीतिक प्रतिनिधित्व गरिनु मुल मुद्ध सहित शान्तिपूर्ण तबरले माग पूरा गराउने उद्देश्यले सिंहदरबार केन्द्रित धर्ना सुरु गरेका धर्नामा सहभागी नेताहरुले जनाउँ दिदै माग पूरा नभएसम्म धर्ना जारी रहने नेताहरुले बताएका छन । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता अशोक राई, गोपाल दहित, मगरातका नवीन रोक्का, नेवा देय् दबूःका अध्यक्ष नरेश ताम्राकारलगायतले माग पूरा नभएसम्म काठमाडौँ केन्द्रित आन्दोलन जारी रहने बताउनुभएको हो ।

यसैवीच संघीय गठबन्धनको तर्फबाट आइतबार गरेको आज गरिएको सिंहदरवार nayaघेराउ कार्यक्रमलाई नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समर्थन गरेका छन् । डा। भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै संघीय गठबन्धनको तर्फबाट आज संविधानसभाबाट जारी नेपालको संविधान २०७२ महत्वपूर्ण उपलब्धि हुँदाहुँदै पनि यो उत्पीडित समुदायको पहिचान र अधिकारको सवालमा अपुरो छ भनेर नयाँ शक्ति नेपालले निरन्तर आफ्नो धारणा समेत सार्वजनिक गर्दै घेराउ आन्दोलनको समर्थन गरेको हो ।

त्यस्तै विज्ञप्तिमार्फत डा भट्टराईले ‘संविधानका कतिपय प्रावधानप्रति असहमति जनाई पहिचान र अधिकारको सवालमा मधेसी र आदिवासी जनजाति समुदायले उठाएका मागहरु जायज छन्, त्यसैले आन्दोलनरत समुदायको जायज मागप्रति नयाँ शक्ति नेपाल समर्थन गर्दछ, साथै उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गर्दछ भन्दै जनताले संविधानलाई आत्मसात गर्न नसक्नु साथै सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु धेरै दुःखद रहेको उल्लेख गर्दै उनले मुलुकलाई लामो समयसम्म यस्तो अवस्थामा राख्नु गम्भीर कुरा भएको जनाएका छन् । ‘त्यसैले आन्दोलनरत समुदायको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प छैन नरहेको जिकिर गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30