शुक्रबार, चैत्र १६, २०८०

माओवादी केन्द्रको ९ सदस्यीय हेडक्वार्टर गठन, पार्टी प्रवक्ताको जिम्मेवारी फम्फालाइ, असार ४ गते काठमाडौमा वृहत जनसभा गर्ने

काठमाडौ ज्येष्ठ १०, नेकपा माओवादी केन्द्रले आज बसेको बैठकले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा ९सदस्यीय केन्द्रीय हेडक्वार्टर गठन गर्नुको अलावा प्रवक्ताको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ भने यसअघिका प्रवक्ता दिनानाथ शर्मालाई प्रकाशन विभागको जिम्मेवारी दिइएको छ ।

downloadबैठकले तत्कालका लागि गठन गरेको केन्द्रीय कार्यालयमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, मातृका यादव, मणि थापा, तिलक परियार र जयपुरी घर्ती रहने व्यवस्था मिलाएको सम्बद्ध स्रोतले जनाएको छ । त्यस्तै बैठकले ४९ देखि ५१ जनाको सचिवालय गठन गर्ने प्रस्ताव गरिएको छ भने १५१ सदस्यीय पोलिटब्युरो गठन गर्ने निर्णय गरेको छ । यसको अलावा नेता वर्षमान पुनको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा भुसाल, जनार्दन शर्मा, प्रभु साह, उर्मिला अर्याल, हितमान शाक्य, खगराज भट्ट, वसन्त घर्ती, कुलप्रसाद केसी लगायत हुनुहुन्छ । यस्तै पार्टी एकतापछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय समेत केन्द्रले गरेको छ ।

साथै माओवादी केन्द्रले आगामी असार ४ गते काठमाडौँमा वृहत जनसभा गर्ने भएको छ । केन्द्रले मुलुकका अन्य स्थानमा समेत जनसभा एवम् बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने तय गरेको छ भने ज्येष्ठ २० गते ३ नं प्रदेश, ज्येष्ठ २२ गते महोत्तरीमा २ नं, २४ गते कास्कीमा ४ नं, २६ गते दाङमा ५ नं, २८ गते सुर्खेतमा ६ नं, असार ८ गते इटहरीमा १ नं प्रदेशको र असार ११ गते कैलालीमा ७ नं प्रदेशको भेला गर्ने नितिगत निर्णय गरेको छ ।