बिहिबार, बैशाख १३, २०८१

मनपरी शुल्क उठाएर शिक्षामा व्यापारिकरण गर्ने विद्यालयलाई कारबाही गर्न माग

काठमाडौ ज्येष्ठ १२, नेवि सङ्घ, अनेरास्वविय लगायत १४ विद्यार्थी सङ्ठन आवद्ध, संयुक्त विद्यार्थी सङ्ठनले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अनुगमनका क्रममा शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन ऐन विपरीत मनपरी शुल्क उठाएर शिक्षामा व्यापारिकरण गर्ने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।  पत्रकार सम्मेलनमा संगठनले दिएको जानकारी अनुसार अनुगमनका क्रममा अधिकांश निजी विद्यालयले मनपरी शुल्क उठाउँने गरेको पाइएको जानकारी दिदै त्यस्ता विद्यालयलाइ तत्काल कारवाही गर्ने पर्ने माग सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै विद्यार्थी संगठनले काठमाडाँै, ललितपुर र भक्तपुरका १३ विद्यालय क्रमस रातो बंगला, आईडियल मोडल, लिटिल एन्जेलस, जेम्स, बृहस्पति, सिद्धार्थ बनस्थली, ग्यालेक्सी, अक्सिडेन्टललगायतका विद्यालयमा अनुगमन गर्दा निर्देशिका पालना नगरेको जनाउँर्दै कारबाही गर्न शिक्षा मन्त्रालयसित माग गरेका छ । साथै विद्यालयभित्रको अनियमितता अनुगमन गरी शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाइसकिएको भन्दै अनियमितता गर्नेलाई कारबाही गर्न माग गरेका छन् । सम्बन्धित निकायले कारबाही प्रक्रिया शुरु नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले  जानकारी दिनुभएको छ ।