बिहिबार, चैत्र १५, २०८०

मधेसका जायज माग सम्बोधन गर्नेतर्फ एमाले नेतृत्वको सरकार गम्भीर नभएको नेता निधिको आरोप

काठमाडौं ज्येष्ठ ११, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विमलेन्द्र निधिले धनुषाको नगराइन गाविसस्थित राजेश्वर निधि उच्च bimalendra-499x330माविको हातामा निर्माण हुन लागेको चारकोठे भवनको मङ्गलबार शिलान्यास गर्दै मधेसका जायज माग सम्बोधन गर्नेतर्फ नेकपा एमाले नेतृत्वको सरकार गम्भीर नरहेको बताउनुभएको छ ।

पूर्वमन्त्री समेत रहेका निधिले आन्दोलनरत पक्षलाई वार्ताको टेबुलमा ल्याउन प्रयास गर्नुको साटो वार्ताको वातावरण बिगार्ने काम सरकारबाटै भइआएको आरोप समेत लगाउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै उहाँले प्रम ओली नेतृत्वको सरकारको व्यवहारले छिमेकी मुलुकसँगको सम्बन्ध समेत विगारेको बताउदै ढल्केबर सडकखण्ड पूरा भएपछि ग्रामीण अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।