बुधबार, बैशाख १२, २०८१

भारद्वाज गोत्री पोखरेलको कूल पूजा सम्पन्न

काठमाडौं ज्येष्ठ ८, दूध पोखरेल बन्धु समाज चितवनले भरतपुर ८ ईन्द्रपुरीमा रहेको कूल मन्दिरमा कूल पूजा सम्पन्न गरेको छ । हरेक वर्ष बुद्ध पूर्णिमाको दिनमा गर्दै आइएको भारद्वाज गोत्र भएका पोखरेलहरुको कुल पूजा यस वर्ष पनि पूजाआजा गर्दै मनाइएको छ । विभिन्न ठाउँबाट छरिएर रहेका पोखरेलहरुलाई एकै ठाउँमा जम्मा गराएर आत्मीयता बढाउनको लागि समेत कूल पूजाले महत्वपूर्ण भूमिका खेलेको kul puja IMG_3336सहभागीहरुले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले पोखरेल वंशावली निर्माण हुनुपर्ने बताए ।
कूल पूजा गर्नु भनेको आफ्ना पितृहरुलाई सम्मान गर्नु पनि भएकाले यस्ता कामलाई निरन्तरता दिनुपर्नेमा पोखरेलले जोड दिए । दूध पोखरेल बन्धुहरुको कूल मन्दिर चितवनको क्षेत्र नम्बर ४ मा पर्ने भएकाले सांसदको हैसियतले आफूले कुनै पनि सहयोग गर्न नमिल्ने भएपनि पोखरेलले व्यक्तिगत हिसाबले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले कूल पूजा गर्नाले भ्रातृत्व प्रेमको विकास हुने बताएका छन् । पूर्वमा र पश्चिममा फरक फरक तरिकाले दूध पोखरेलहरुको कूल पूजा मनाइने हुनाले यसलाई एउटै प्रकारले मनाउनुपर्नेमा पोखरेलले जोड दिए । हिन्दू धर्ममा भएका सांस्कृतिक विकृतिलाई हटाउँदै वैज्ञानिक रुपमा अगाडि बढेमा धर्म र संस्कृति संरक्षण हुनेमा पोखरेलको भनाइ थियो । दूध पोखरेल बन्धु समाजले आयोजना गर्ने हरेक कामलाई आफूले सक्दो सहयोग गर्ने पोखरेलले बताए । कार्यक्रममा पोखरेल परिवारका जेष्ठ सदस्यहरुलाई सम्मान गरिनुका साथै सांसद कृष्ण भक्त पोखरेल र स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेललाई समेत सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष चुडामणि पोखरेलले देवघाटमा रहेको आफ्नो दुई कठ्ठा जमिन मध्ये साढे एक कठ्ठा जमिनमा विश्राम स्थल निर्माणको लागि दिने बताए । उक्त स्थानमा भारद्वाज ऋषिको मन्दिर सहित वृद्धाश्रम निर्माणको लागि अर्थ संकलन गर्न गाह्रो हुने भन्दै यसको लागि क्षेत्र नम्बर ३ का सांसद र स्थानीय विकास अधिकारीले सहयोग गर्नको लागि समाजका अगुवा डाक्टर यदुनाथ पोखरेलले आग्रह गरे । कार्यक्रममा शान्ताराम पोखरेल, डाक्टर हरिहर पोखरेललयतले मन्तव्य राखेका थिए । दूध पोखरेल बन्धु समाज चितवनका अध्यक्ष चुडामणि पोखरेलका अध्यक्षतामा भएको कार्यक्रममा रेखा पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् । त्यसैगरी समाजका कोषाध्यक्ष इन्द्र पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।