शुक्रबार, चैत्र १६, २०८०

बुधवार धार उपधारमा विभाजित माओवादी घटक एकाकार हुदै

  काठमाडौ ज्येष्ठ ४. धार उपधारमा विभाजित माओवादी घटक बुधवार औपचारिक रुपमा एकताको सूत्रमा समाहित हुने भएको छ ।
यसरी समाहित हुने माओवादी घटकहरुमा क्रमस एमाओवादी , नेकपा क्रान्तिकारी माओवादी , नेकपा माओवादी , क्रान्तिकारी कम्युनिष्ट पार्टी Flag_of_the_Communist_Party_of_Nepal_Maoist.svg_-660x330र नेत्रविक्रम चन्दको नेतृत्वमा रहेका माओवादीका नेताहरु संयुक्त रुपमा एकताको सूत्रमा समाहित हुन लागेको हो ।

पार्टी एकतालाई अन्तिम रुप दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेकपा क्रान्तिकारी माओवादी का तर्फबाट रामबहादुर थापा, देव गुरुङ, हितमान शाक्यलगायतको समूहले साङ्गठनिक तथा सैद्धान्तिक छलफलमा लापग परेका छनभने एकताका लागि राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा एमाओवादी अध्यक्ष दाहाललाई दिइएको थाहा भएको छ । यसैवीच सबै माओवादी एक ठाउँ’ भन्ने नाराका साथ क्रमशः एकता प्रक्रियामा समाहित भएका माओवादीका नेता तथा कार्यकर्तालाई साङ्गठनिक रुपमा समेत व्यवस्थापन गरिने र एकता घोषणा भएको एक वर्षभित्र महाधिवेशन गर्ने तयारीसमेत भएको सम्वद्धस्रोतले जनाएको छ ।