शुक्रबार, बैशाख १४, २०८१

प्रेस स्वतन्त्रतामा कसैले अंकुश लगाउन सक्दैन : राष्ट्रपति भण्डारी

पत्रकार महासंघको केन्द्रीय  साधारणसभा

चितवन, बैशाख २१ ,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस स्वतन्त्रतालाई कसैले पनि अंकुश लगाउन नसक्ने भन्दै यसप्रति सबै जिम्मेवार _MG_1569[1]हुनुपर्नेमा जोड दिनुभएको छ । मंगलवारदेखि चितवनको रत्ननगरमा सुरु नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै भण्डारीले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक र सुविधाप्रति सरकार र संचारगृह सकरात्मक हुनुपर्ने बताउनु भयो ।  लिखित मन्तब्य दिदैं राष्ट्रपति भण्डारीले यो साधारणसभा पत्रकारहरुका लागि कोसेढुंगाा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।    त्यस्तै उहाँले व्यक्तिगत गोपनियतालाई ख्याल गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । प्रेस स्वतन्त्रतालाई कसैले पनि अंकुश लाउन नसक्ने भन्दै यसप्रति सबै जिम्मेवार हुनुपर्ने तर्क गर्नुभएको  प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।

 यस्तै कार्यक्रममा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले अब देश विकासका लागि आर्थिक क्रान्तिको जरुरी रहेको बताउनुँदै  अब अरु लडाई नभई देशलाई आर्थिक समृद्धिको बाटोमा लाने लडाई गर्नुपर्ने बताउनुभयो । मन्त्री पाण्डेले पारिश्रमीक निर्धारण समितिले तोकेको श्रमजीवि पत्रकारको न्यूनतम तलब सरकारले मात्रै कार्यान्वयन गर्न नसक्ने भन्दै यसमा संचारगृह पनि गम्भिर हुनुपर्ने बताउनुभयो ।

  बुधवारसम्म चल्ने साधारणसभा स्थल होटल स्टार व्याङक्वेटलाई झकिझकाउ सजाईएको छ । समुद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले यस साधारणसभामा पत्रकार वर्तमान अवस्था र भविष्यको विषयमा गहन छलफल हुने बताउनुभयो । पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोखरेलले स्वागत मन्तव्य राख्दै चितवनमा महासंघको साधारण सभा हुनु गौरवको कुरा भएको बताउनुभयो ।    साधारणसभामा प्रेस काउन्सीलका अध्यक्ष बोर्ण बहादुर कार्की , पत्रकार महासंघका पुर्व अध्यक्ष हरिहर विरहीले मन्तव्य राख्नुभएको थियो । सो क्रममा विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।  साधारणसभामा मुलुकभरका  एक हजार ६ सय ५१ प्रतिनिधि सहितका पत्रकारहरुको सहभागिता रहेको छ ।  यसपटक विधानसभा समेत हुने भएकाले साधारणसभामा महासंघलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार वात्स्यायनलाई, उत्कृष्ट शाखाको पुरस्कार महासंघ चितवन शाखालाइ  

यसैवीच कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ वात्स्यायनलाई  प्रदान गरिएको  छ ।   सो पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । त्यसैगरी महासङ्घका पूर्वकेन्द्रीय सदस्य स्व गौरी कठायतको स्मृतिमा स्थापित १५ हजार रुपैयाँ राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ तुलाराम पाण्डे (कालीकोट) र रु १० हजार राशिको ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ गणेश चौधरी (कैलाली)लाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो । यस्तै प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट शिवबहादुर कार्की (मोरङ), याम प्रधान (सुनसरी), दिनेश देव (सिरहा), धन लामा (काठमाडौँ), चक्रपाणि नेपाल (काठमाडौँ), चेतबहादुर सिंह (काठमाडौँ), लालकुमार भट्टराई (नवलपरासी), बद्रीविनोद प्रतीक (कास्की), नारायण भट्टराई (कास्की), झपेन्द्र वैद्य (प्यूठान) र चिरञ्जीवी अर्याल (सुर्खेत) लाई सम्मान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट शाखामा चितवन र प्रतिष्ठानमा कम्युनिकेसन कर्नरलाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा यसै वर्षबाट पत्रकार महासङ्घ चितवन शाखाले स्थापना गरेको सुदश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट चितवन शाखाकी कार्यसमिति सदस्य शान्ता अधिकारी पुरस्कृत हुनुभयो । सो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।  कार्यक्रमकै अवसरमा पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठले पत्रकारिता पुरस्कार कोष स्थापनार्थ १० लाख एक हजार १११ रुपैयाँ प्रदान गर्नुभयो । पुरस्कारको कोष स्थापना गर्ने श्रेष्ठ र सुदश्री सुश्री मैयादेवी पत्रकारिता पुरस्कार स्थापना गर्ने टङ्कनाथ पौडेललाई सो अवसरमा सम्मानसमेत गरिएको थियो ।

साधारणसभामा महासङ्घका एक हजार ६५१ पार्षद रहेका छन् । साधारणसभा विधानसभा पनि हुने भएकाले साधारणसभामा महासङ्लाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनः संरचना सहितको विधान संशोधन प्रस्ताव आजै पेस गरिँदै छ । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने कार्यक्रम छ ।  हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । मस्यौदा छलफलका लागि सङ्घ, सङ्गठनसहित शाखा, प्रतिष्ठान र एसोसियट शाखामा पठाई सकिएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनु भएको  छ ।.