शुक्रबार, चैत्र १६, २०८०

प्रेस चौतारीको अध्यक्ष लगायत सवै पदाधिकारी सर्वसम्मत

काठमाडौ ज्येष्ठ ६, प्रेस चौतारी नेपालको ८ औ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले निर्वाचित गरेको छ । त्यस्तै यसअघि अर्का अध्यक्षको प्रत्याशी माधव नेपाललाइ वरिष्ठ उपाध्यक्षमा चयन गरिएको छ । त्यस्तै गरि महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राईलाइ निर्वार्चित गरेको समाचार प्राप्त भएको छ ।
Press_Chautari_Journalist_825840181प्राप्त समाचारमा उल्ल्ेखभएअनुसार प्रदेशतर्फ भने नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद त्यस्तैगरि महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामालाइ निर्वाचित गरिएको छ भने कोषाध्यक्षमा इन्द्र आचार्य चयन गरिएको छ ।

यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक , लेखा र अनुशासन आयोगको संयोजकको जिम्मेवारी क्रमशः विक्रम लुइँटेल र जे पाण्डलाइ दिईएको छ । ८ औ महाधिवेशनबाट पदाधिकारी सवै सर्वसम्मतिले चयन गरिए पनि केन्द्रीय सदस्यको निर्वाचनबाट गरिने र यसको प्रक्रिया शुक्रबार बिहानबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।