शुक्रबार, चैत्र १६, २०८०

प्रहरी भवनको शिलान्यास

काठमाडौं बैशाख २४, राजधानीको पुरानो बानेश्वरस्थित प्रहरी चौकी भवनको आज एक कार्यक्रमकावीच कामपका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रताप सिंहले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको छ ।  कार्यक्रममा कार्यकारी अधिकृत तामाङले चौकीले अपराध न्यूनीकरण गर्न तथा नगरवासीको सुरक्षा प्रदान गर्ने बताउनुभएको थियो भने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख सिंहले समुदायमा रहेर नागरिकको सुरक्षाका लागि प्रहरी अझ प्रभावकारी प्रतिवद्ध रहेको बताउनु भएको छ ।