शनिबार, बैशाख ८, २०८१

प्रहरीलाई ५० लाख घूस दिने तामाङ पक्राउ

काठमाडौँ वैशाख २१, प्रहरीलाई घूस खुवाउन खोज्ने लागुऔषध एम्फेटामाइनको कारोबारी पूर्णबहादुर पाख्रिन तामाङलाई रु ५० लाखसहित प्रहरीले पक्राउ गरेको छ । धादिङ सत्यदेवी स्थायी ठेगाना भई हाल काठमाडौँ र नुवाकोटको विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका 1457780878nepal-policeउनलाई बूढानीलकण्ठ नगरपालिकास्थित नीलोपुलबाट लागुऔषध नियन्त्रण ब्यूरोले वैशाख १७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

तामाङलाई सार्वजनिक गर्न आज आयोजित पत्रकारसम्मेलनमा ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले नेपालमा एम्फेटामाइनको मुख्य कारोबारी तामाङ रहेको जानकारी दिनुभएको छ । त्यस्तै पक्राउ परेपछि ब्यूरोले आफूलाई पनि पक्राउ गर्न सक्ने भन्दै एक व्यक्तिमार्फत ब्यूरोका प्रहरी अधिकारीसँग कुुरा मिलाउन रु ५० लाख खर्च गर्ने भन्दै सन्देश पठाएका थिए । उनै व्यक्तिका माध्यमबाट प्रहरीले तामाङलाई पक्राउ गर्न सफल भएको जानकारी दिनु भएको छ ।