बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री विरुद्ध व्यङ्ग्यात्मक नारा सहित बालुवाटारमा नेवि संघको प्रदर्शन

काठमाडौं ज्येष्ठ १०, मुलुकमा व्याप्त कालोबजारी, महंगी र शैक्षिक माफिया विरुद्ध नेवि संघले प्रधानमन्त्री निवास वालुवाटार अगाडी आज Captureव्यङ्गयात्मक प्रदर्शन गरेको छ ।  नेपाली कांग्रेस निकट विद्यार्थीले प्रदर्शनका क्रममा प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा एवम् ओली भाषामा देश चलायौ, सपना बाँडेरै रमायौ, महंगीको मारले रुवाउनसम्म जनता रुवायौं, ओलीजीको पारा नी देखियो’ जस्ता नारासहितका व्यानार एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित सडकमा प्रदर्शन गरेको हो ।

प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेवि संघका नेता दीपक भट्टराई, लिलाबल्लभ दाहाल, काठमाडौँका नेविसङ्घका अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने जनाउ दिएका थिए ।