शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री केपी ओलीको मधेसी दललाइ प्रश्न आन्दोलन के-का लागी ?

आज २३ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौ ज्येष्ठ ३,  विसं २०५० जेठ ३ मा चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित स्मरणमा आज २३औँ मदन–आश्रित स्मृति दिवस मनाइदै छ Capture मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बल्खुस्थित नेकपा एमालेको मुख्यालयमा आयोजित माल्यापर्ण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जनताको बहुदलीय जनवाद’ दूरदृष्टिपूर्ण सिद्धान्त भएको र अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनका लागि सामयिक रहेको मुलुकको समृद्धिका लागि त्यसलाई पछ्याउँदै आफूहरु अघि बढेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको नियोजित हत्या भएको भन्ने प्रसंग आफैमा द्विविधाजन्य नभएको जिकिर गर्दै प्रस्तुत हत्याकाृ कानुनी रुपमा खोजबीन गरिने जिकिर गर्नु भएको छ । तर उक्त जिकिर कहिलेबाट सुरु हुने हो भन्ने सवालमा भने केहि पनि बताएनन । साथ्र प्रम ओलीले एक फरक प्रसंगमा मधेसी लगायतका दलहरुले गरेको आन्दोलनको उद्देश्य र गन्तब्य नभएको भन्दै आन्दोलनरत दलहरुलाई ‘फुर्सद भए’ भूकम्पपछिको पुनर्निर्माण अभियानमा सघाउन उनको आह्वान गर्नु भएको छ ।
पहिले आफूहरुले लोकतन्त्र, गणतन्त्र ल्याउन आन्दोलन गरेपनि अहिले मधेसी दलहरुले के ल्याउन आन्दोलन गरेको हो ?  उहाँले प्रश्न गर्नु भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, पार्टीका उपाध्यक्ष वामदेव गौतमलगायतले मदन–आश्रितप्रति श्रद्धाञ्जलि दिनुभएको थियो ।