शुक्रबार, बैशाख १४, २०८१

पत्रकार शर्माको उपचारमा सहयोग गर्न महासंघको अपिल

  काठमाडौं ज्येष्ठ १७, नेपाल पत्रकार महासंघले ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका अग्रज पत्रकार एवम् महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पु-याउन ‘पत्रकार शालिकराम शर्मा उपचार photoअभियान’ सुरु गरेको छ ।

सल्यानी सन्देश र रेडियो शारदा एफएममा आवद्ध पत्रकार शर्माको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि उपचारमा आर्थिक सहयोग जुटाउन महासंघले यो अभियान सुरु गरेको हो । मोफसलको पत्रकारितामा दुई दशकदेखि सक्रिय श्रमजीवी पत्रकार शर्माको उपचारमा आ–आफ्नो शाखा मार्फत सहयोग पु-याउन महासंघले अपिल गरेको हो ।

महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमद्दारा जारी विज्ञप्तिमा अभियानको आरम्भ गर्दै महासंघका तर्फबाट पत्रकार शर्माको उपचारका लागि स्थापना गरिएको र सहयोग खातामा आजै महासंघले रु. २५,०००।– (पच्चीस हजार) सहयोग जम्मा गरेको उल्लेख गरिएको छ । त्यस्तै सहयोग गर्न चाहने शाखा तथा इच्छुक पत्रकार तथा सह्दयी महानुभावलाई महासंघको केन्द्रको नाममा रहेको बबरमहलस्थित एनएमबी बैंक लिमिटेडको चल्ती खाता Federation of Nepali Journalist ००१००६००१४०८६२०००००१ मा सहयोग जम्मा गरिदिनुहुन अपिलसमेत गरेको छ