बिहिबार, चैत्र १५, २०८०

 पत्रकार पक्राउ गरिएकोमा क्रान्तिकारी पत्रकार संघद्दारा विरोध

काठमाडौ ज्येष्ठ १०, क्रान्तिकारी पत्रकार सङ्घले नेपाली काँग्रेसका नेता गगन थापाका सम्बन्धमा नेपाल सन्देश अनलाइनमा प्रकाशित समाचारलाई लिएर प्रहरीले आफ्ना सङ्गठनका केन्द्रीय कार्यालय सदस्य चन्दमान श्रेष्ठलाई आज साँझ पक्राउ गरेकामा आपत्ति प्रकट गर्दै Captureपक्राउ परेका पत्रकार श्रेष्ठको अविलम्ब रिहाइको माग गरेको छ ।

सङ्घका संयोजक गोविन्द आचार्यले विज्ञप्ति जारी गरी नेता थापाको उजुरीका आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रतामाथिकै प्रहार भएको भन्दै समाचारमा चित्त नबुझे सम्वन्धित संचार माध्यमवाट खण्डन गर्ने, काउन्सिल वा अदालतमा उजुरी गर्ने व्यवस्था हुँदा हुँदै पत्रकारलाई पक्राउ गर्नु र संचार माध्यमका सन्दर्भमा आकर्षित नै नहुने साइवर अपराधमा फसाउन खोज्नु संविधान र कानूनको वर्खिलाप भएको ठहर गरिएको छ ।