बिहिबार, चैत्र १५, २०८०

पत्रकार पक्राउप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

काठमाडौ ज्येष्ठ १२, नेपाल पत्रकार महासङ्घले समयबोध पत्रिकामा आवद्ध पत्रकार शेषनारायण झालाई पक्राउ गरिएको घटनाप्रति आफ्नो release jeth 12ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघद्दारा जारी विज्ञप्तिमा पत्रकार झाले सिंहदरबार ढोकाको तस्बीर खिचेको भन्दै प्रहरीले ज्येष्ठ १० गते पक्राउ गरेको जनाउँदै महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ – “तस्बीर खिचेकैभरमा पत्रकारलाई पक्राउ गर्नु र सार्वजनिक अपराधको मुद्दा लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको ठहर गर्दै घटनाको निन्��ा गर्दै पत्रकार झालाई तत्काल रिहा गर्न माग गरेको छ ।