शुक्रबार, चैत्र १६, २०८०

पत्रकारिता क्षमता अभिवृद्धि तालिमको आयोजना

काठमाडौ ज्येष्ठ १७, चक्रमान डंगोल स्मृति प्रतिष्ठानको आयोजनामा १५ दिने पत्रकारिता क्षमता अभिवृद्धि तालिमको शुभारम्भ गरिएको छ ।

anup_20160529_26 anup_20160529_31 anup_20160529_24नेवा मिडिया क्लब, रेडियो उपत्यका ८७.६ मेगाहर्ज र न्यूज डटकम संस्थाको सहकार्यमा सञ्चालित उक्त तालिम कामपा वडा न १२ स्थित नारायण परिवार क्लबमा सञ्चालित तालिमको शुभारम्भ  गर्दै  काठमाडौं निर्वाचन क्षेत्र न ८ का सासद नविन्द्रराज जोशीले प्रशिक्षण आफैमा महत्वपूर्ण रहेका र पशिक्षणको क्रममा सिकेका ज्ञानलाइ प्रशिक्षर्थिले व्यवाहरमा परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै उद्घाटनसत्रमा नयाँ विक्लप साप्ताहिकका सम्पादक दामोदर दवादी , राजभाई सुवाल, नबिन जोशी, श्रीकृष्ण महर्जन, रामजी ढकाललगायत वक्ताहरुले प्रस्तुत तालिमले पत्रकारको क्षमता अभिवृद्धिको लागि ठूलो सहयोग पुग्ने विस्वास व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ४० जना सञ्चारकर्मीको सहभागिता रहेको उक्त प्रशिक्षणको वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा र राजभाई सुवालले प्रशिक्षण दिने बताईएको छ ।anup_20160529_23