शुक्रबार, चैत्र १६, २०८०

नेविसङ्घको महाधिवेशन मिति तत्काल तोक्न सभापति देउवाको निर्देशन

काठमाडौ वैशाख १९ ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्था नेविसंघको विगत नेविसंघमा आठ वर्षदेखि अवरुद्ध हुँदै आएको महाधिवेशनको मिति तत्काल तोक्न निर्देशन दिएका छन् ।  सभापति शेरबहादुर देउवाले सङ्घका अध्यक्ष रञ्जित कर्णलाइ npu-flag.jpgदेउवा निवास बुढानीलकण्ठमा आज बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।

सभापति देउवाको यस्तो निर्देशन पछि अध्यक्ष कर्णले अबको १० दिनभित्र सङ्घको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मितिका बारेमा निश्चित गरिने बताउँनु भएको ङ्घका नेता ऋषिकेशजङ्ग शाहले जानकारी दिनुभएको छ । त्यस्तै सभापति देउवाले आजै सङ्घ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा प्रकाशशरण महतलाई दिनुभएको छ ।

यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् ।