बुधबार, बैशाख १२, २०८१

नयाँ शक्तिको स्थापना एवम् राष्ट्रिय भेला ज्येष्ठको अन्तिममा

काठमाडौ ज्येष्ठ ७, पूर्व प्रधानमन्त्री एवम् एमाओवादीका पूर्व नेता डा बाबुराम भट्टराईको संयोजकत्वमा गरित नयाँ शक्ति नेपाल नामक पार्टीको स्थापना राष्ट्रिय भेला आगामी ज्येष्ठ जेठ ३०, ३१ र ३२ गते राजधानीमा हुने भएको छ । पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा OBZmJQn6Igbqआयोजना गरेको पत्रकार सम्मेलनमा ज्येष्ठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जानकारी दिईएको थियो त्यस्तै उक्त भेलामा नयाँ शक्तिको घोषणा सहित सामूहिक शपथग्रहण कार्यक्रमको समेत आयोजना गरिने जानकारी पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले दिनु भएको छ ।

साथै उहाँले एकीकरण पुरानै कुरालाई जोड्ने र ध्रुवीकरण भनेको जगैदेखि नयाँ सिर्जना गर्ने भएकाले ध्रुवीकरणका पक्षमा आफुहरु यभिएको भन्दै नयाँ शक्ति नेपाल आफैमा नयाँ विचार सहित ध्रुवीकरणको मार्ग चित्र बनाउँन लागि परेको बताउँनु भएको छ । त्यस्तैगरि भेला सम्पन्न गर्न १४ उपसमिति गठन गरिएको जानकारी दिदै पत्रकार सम्मोलनमा आगामी ज्येष्ठ ११ र १२ गते बस्ने सचिवालयको बैठकबाट राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना एवम् आन्तरिक सङ्गठनको आधार तथा विधानलाई अन्तिमरुप  दिदै सुझावका लागि सार्वजनिक गरिने बताईएको छ ।