शुक्रबार, चैत्र १६, २०८०

नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रहरी विरुद्ध मुद्धा दायर

काठमाडौ ज्येष्ठ १२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण akhtiyar-600ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजायको माग दावी सहित आज विशेष अदालतमा महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब निरीक्षक सुधीर विक्रम शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै मुद्धा दायर दायर गरेको छ ।

आयोगका अनुसार पनानि शाहले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना, भारतबाट सन् १९९५ मा आइए तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएको जनाएको छ ।