शुक्रबार, चैत्र १६, २०८०

टिकेप्रथाको विरोध गर्दै चौतारी भक्तपुरका अध्यक्षसहित सबै सदस्यले गरे सामूहिक राजीनामा

काठमाडौं  ज्येष्ठ ८,  प्रेस चौतारी नेपालको ८औं केन्द्रीय अधिवेशनबाट सर्बसम्मत सङ्गठनको नीतिनियमभन्दा पनि नेकपा एमालेका नेताको निर्देशन र नेताको चाकडीका आधारमा आ–आफ्ना मान्छेलाई टीका लगाएर सङ्गठन बनाउने र प्रेस चौतारी चलाउने परिपाटी विकास aaगरिएको भन्दै प्रेस चौतारी भक्तपुरका अध्यक्षसहित सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

प्रेस चौतारीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिनेहरुमा १३ सदस्यीय कार्यसमिति, सल्लाहकार र ३२ जना सदस्यहरु रहेको प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

सर्वसम्मतिका नाममा लोकतान्त्रिक मान्यता अनुरुप चुनावी मैदानमा उत्रिएर चुनावी नतिजा स्वीकार्न तयार सङ्गठनका इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाउने काम भएको भन्दै चौतारीको नयाँ नेतृत्व चयनमा एमाले नेताको आशीर्वाद प्राप्त व्यक्तिलाई टीका लगाइएको भन्दै बैठकले निन्दा समेत गरेको छ ।