बिहिबार, बैशाख १३, २०८१

टावरको निर्माणका लागि राजधानीको पुरानो बसपार्क खुलामञ्च सारियो

काठमाडौं वैशाख २२,    काठमाडौं टावरको निर्माण अवधिभर पुरानो बसपार्कमा   आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन र पार्किङ  आजबाट खुलामञ्च सारिएकोे छ । राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको काठमाडौं टावरको  निर्माणको  लागि   1कामपाले खुलामञ्चबाट    यातायातको  व्यवस्थापन गरिएको  जनाएको  छ ।   त्यस्तै  काठमाडौं महानगरपालिकाका  अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ । उक्त काम सकिनेबित्तिकै यातायातका साधनलाई स्थानान्तरण गरी टावर निर्माणको काम सुरु गरिने र   खुलामञ्चमा बसपार्क सारिएसंगै   अबदेखि उपत्यकाभित्र र अरनिको राजमार्ग अन्तर्गतको बिभिन्न जिल्लामा जाने बसहरु खुलामञ्चबाट छुट्ने काठमाडौ महानगरपालिकाले जनाएको छ ।

यसअघि कामपाले   प्रस्तुत टावर २९ तला बनाउने तयारी गरेको  भएपनि  भूकम्पपछि भवन निर्माणको मापदन्ड फेरबदल गर्दै    पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक  रुपमा हाललाइ   १२ तलाको बनाउने  भएको  छ ।  जलेश्वर, स्वच्छन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् भने काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ । यो टावर नेपालमा अहिलेसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।