बिहिबार, चैत्र १५, २०८०

जनकपुर–भिठ्ठामोड सडकको आन्दोलन सशक्त बन्दै , बुधवार पर्सा पुलमा प्रदर्शन गरिने

महोत्तरी वैशाख २१, ‘सडक बनाउ या फाँसी देउ, किस्तावन्दीमा मृत्यु चाहिंदैन’ भन्दै जनकपुर–भिठ्ठामोड सडक कार्यको निर्माण प्रारम्भ गर्न सरकारलाई दवाव दिन सुन्दर अभियानीहरुले सुरु गरेको आन्दोलनको आज तेस्रो दिन सहोडवाको चाँदनी चौकमा १ घण्टा सडक अवरुद्ध IMG_9935 IMG_9945गरीएको छ ।
भारतीय भिस्वा कम्पनीले ठेक्का लिएर सन २०१४ सम्ममा निर्माण गरिसक्नु पर्ने भएपनि काम प्रारम्भ नै नगरी ठेकेदार भागेपछि जनकपुर–भिठ्ठामोड सडक अलपत्र परेको हो । नेपाल सरकारले हुलाकी मार्गमा यस सडकलाई राखेर नबाउने षड्यन्त्र गरेको स्थानीय बुद्धिजीवीको भनाइ छ । अहिले नेपाल र भारतबीच कन्सल्टेन्ट राख्ने विषयमा विवाद छ र सडकको टेन्डरभई ठेक्का लागिसके पनि सम्झौता हुन सकेको छैन ।

सडकको कारणले दिनहुँ दुर्घटनाको संख्या वढ्दै गएको, सडक बगरमा परिणत भएको, धुलोको कारण यात्रु एवम् सडक छेउका वासिन्दाहरु विभिन्नरोगको शिकार भइरहेको, पर्यटक संख्यामा ह्रास भएको र वर्षौंदेखि कुनैनकुनै बहानामा सडक उपेक्षाको शिकार भएको भन्दै उनीहरुले सडक निर्माणको कार्य यथाशिघ्र सुचारु गर्न माग गरेका छन् । नेपाल सरकारले ठेकेदारसँग सम्झौता गरी काम सुचारु नगरे सम्म आफूहरुको आन्दोलन नरोकिने सुन्दर अभियानीहरुले जनाएका छन् । सुन्दर अभियानीहरु विगत ६ वर्ष देखि सार्वजनिक काममा अग्रसरता देखाउँदै आएका हुन । सडक बनाउन उनीहरुले गतवर्ष पनि आन्दोलन गरेका थिए । सडक आन्दोलनको चौथौ दिन जनकपुर–भिठ्ठामोड सडकखण्डको पर्सा पुलमा रहेको सुन्दर अभियानले जनाएको छ ।