शनिबार, बैशाख ८, २०८१

गल्ती………

Capture

गल्ती के भो र मेरो
कि तिमीले मौनता साँध्यौ
म पनि त जानीराखुँ,
कि तिमीले यो सजायँ किन दियौ

गल्ती के भो र मेरो
बाटाहरु अफ्ठेरा अफ्ठेरा हिंड्दा,
आफ्नाहरु सबै पर पर सर्दा,
तिमी नै हौ एक्लो सारथी भन्थ्यौ

खोट के भो र मेरो
कि तिमीले अरुनै साथी रोज्यौ,
म पनि त जानीराखौं,
कि तिमीले यो चोट किन दियौ,

गल्ती के भो र मेरो
रात अँधेरो बर्षातले तिमी जल्दा,
मदहोस तिम्रो वदनले साथ खोज्दा,
मेरै छाती न्यानो न्यानो भन्थ्यौ,

दोष के भो र मेरो
कि तिमीले आफुलाई निर्दोष देख्यौ,
म पनि त जानीराखौं,
कि तिमीले यो बदनामी किन फैलायौ,
गल्ती के भो र मेरो

– गौतम डंगोल सन्देश