बिहिबार, बैशाख ६, २०८१

गणतन्त्र दिवसको अवसरमा जनतामा राम्रो सन्देश दिन सञ्चारमन्त्री राईको आग्रह

काठमाडौ ज्येष्ठ ७, प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस भव्य रुपमा मनाउनप्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मूल समारोह समिति तथा मूल समितिअन्तर्गत विभिन्न विषयगत उपसमिति गठन गरिएको छ । यसैप्रसंगमा सञ्चारमन्त्री शेरधन राईको अध्यक्षतामा गठित images (2)प्रचारप्रसार उपसमितिको आज बसेको बैठकले गणतन्त्र दिवससम्बन्धी समाचार सामग्रीलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गद दिवसलाई बढीभन्दा बढी प्रभावकारी बनाउन र जनतामा राम्रो सन्देश दिन आग्रह गरिएको छ ।

त्यस्तै बैठकले नेपाल टेलिकम र एनसेललाई दिवसका अवसरमा जनतामा शुभकामना सन्देश प्रवाह गर्नुको अलावा राससले विशेष समाचार सामग्री त्यस्तै गोरखापत्रले विशेषाङ्क र ‘नेपाल टेलिभिजन’ र ‘रेडियो नेपाल’ले गणतन्त्र दिवससम्बन्धी समाचार तथा समाचार सामग्री प्रसारण गर्ने भएका छन् ।