शुक्रबार, बैशाख ७, २०८१

गठबन्धनद्दारा थप १० दिने राजधानी केन्द्रीत आन्दोलन सार्वजनिक

काठमाडौ ज्येष्ठ ५, संविधानका केहि बुँदा एवम् प्रदेश सीमाङ्कनप्रति असहमति प्रकट गर्दै राजधानी केन्द्रित आन्दोलनमा होमीएका े २९ दलीय सङ्घीय गठबन्धनले राजधानीमा गर्ने थपथप १० दिने राजधानी केन्द्रीत आन्दोलन सार्वजनिक गरेको छ । गठबन्धनको आज बसेको Captureबैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै गठबन्धनले आज सार्वजनिक गरेको विरोधका कार्यक्रम अन्र्तगत दिउँसो राजधानीको शान्तिबाटिकामा विरोधसभा गर्ने भएको छ । त्यस्तै अन्य कार्यक्रममा ज्येष्ठ ६ गते ललितपुरको लगनखेलमा, ज्येष्ठ ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुुर न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलङ्कीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते वसन्तपुरमा विरोधसभा गर्ने भएको छ । त्यस्तै गठबन्धनले संयुक्त मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा र १७ गते पोखरामा तमुवान सङ्घर्ष समितिको आयोजनामा जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

यसअघि मंगलवार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका गठबन्धन कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको थियो । भाटभटेनीबाट नारा जुलुस गर्दै अगाडि बढेका प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले रोकेपछि सामान्य झडप भएको थियो ।