बिहिबार, बैशाख १३, २०८१

गठबन्धनको आन्दोलनमा दातृ निकायको समेत सहयोग रहेको आशङ्का , विदेशी नागरिक पक्राउ

काठमाडौ ज्येष्ठ ३, संविधानका केही बुँदा प्रति असहमति प्रकट गर्दै आन्दोलनरत २९ दलीय सङ्घीय गठबन्धनद्दारा राजधानी केन्द्रीत आन्दोलन अन्र्तगत आइतवारबाट सुरु गरिएको सिहदरवार घेराउ कार्यक्रमको क्रममा आन्दोलनकारी र प्रहरीवीच भएको झडपको क्रममा स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीतर्फ दुई जना सामान्य घाइते भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  केन्द्रीय प्रहरी Captureसमाचार कक्षका अनुसार प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने नुवाकोट तारुका–८ का अनिल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गठबन्धनले ल्याएका ३५ थान लाठी थापाथली चोकबाट बरामद गरिएको पनि जनाएको छ ।

यसैवीच सङ्घीय गठबन्धनको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेतको उल्लेख्य सहभागी रहेको भन्ने सूचनाका आधारमा आन्दोलनमा सहभागी भएका त्यस्ता विदेशीको खोजी भइरहेको जनाउँदै मन्त्रालयले आन्दोलनमा केही दातृ निकायको समेत सहयोग रहेको आशङ्कामा छानबिन सुरु गर्नुको अलावा आज ‘लिम्बुवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर   आन्दोलनमा सहभागी एक बेलायती नागरिकलाइ पक्राउ गरेको छ। गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन पछि आन्दोलनको स्थान परिवर्तन गर्ने निर्णय गरेको गठबन्धन आवद्ध एक नेताले जनाएको छ ।