बिहिबार, चैत्र १५, २०८०

ज्येष्ठ १ मा दुइ माओवादी एकाकार हुँदै

काठमाडौ वैशाख २९ , एमाओवादीले विगतमा आफूबाट अलग भएका विभिन्न माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको स्थायी समितिको बैठकले नेकपा क्रान्तिकारी Flag_of_the_Communist_Party_of_Nepal_Maoist.svg_-660x330(माओवादी)लगायत पार्टीसँग एकताको निर्णय गरेको हो । एकताका लागि दुबै पार्टीकाबीचमा चलिरहेका छलफलका आधारमा एमाओवादीले सो निर्णय गरेको जनाउँदै एकताका लागि राजनीतिक, वैचारिक र साङ्गठनिक विषयमा निर्णय गर्न आगामी ज्येष्ठ १ गते आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।
तर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा नेतृत्वको समूह तत्काल एकताका लागि तयार देखिएको छ भने वैद्य समूहले निर्णयमा पुगिसकेको बताईएको छ ।