बिहिबार, चैत्र १५, २०८०

काउन्सिलका नवनियुक्त सदस्यद्दयको पदबहाली

काठमाडौ वैशाख २४ , प्रेस काउन्सिल नेपालका नवनियुक्त दुई सदस्यले आजदेखि कार्यभार सम्हाल्नुभएको छ।पत्रकारद्वय शुभेच्छाविन्दु  र press-council-nepal-logo1गोविन्द चौलागाईंलाई काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पद तथा गोपनियताको सपथ गराउँदै पदबहाली गराउनुभएको हो ।

यसैवीच काउन्सिलको सदस्यमा नियुक्त अर्का पत्रकार दीपक पाठकको नियुक्तिको सवालमा प्रहरीको फरार सूचीमा रहेका कारण पाठकलाई काउन्सिलको सदस्य नबनाउन माग गर्दै पत्रकार रामकुमार एलनले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जवराले बुधबार जारी अन्तरिम आदेशका कारण  पाठकलाई प्रेस काउन्सिल सदस्यमा दिइएको नियुक्ति कार्यान्वयन रोकिएको छ ।सञ्चार मन्त्रालयले पत्रकारत्रय तुलाधर र चौलागाईं र पाठकलाई १७ वैशाखमा काउन्सिल सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो