बिहिबार, बैशाख १३, २०८१

ओरेन्टलपीडितको मागप्रति सरकार उदासिन भएको गुनासो 

काठमाडौ ज्येष्ठ ६,   ओरेन्टल सहकारी संस्था लिमिटेडबाट पीडित निक्षेपकर्ताहरुको तर्फबाट  गठित   सहकारी पीडित महिला हकहित संरक्षण समितिले आफ्नो   निक्षेप रकम फिर्ताको माग गर्र्दैे  सहकारी विभागको परिसर नयाँ वानेश्वरमा जारी राखेको रिले अनशन आज दुइ हप्ता नाघिसकेको  छ ।   त्यस्तै  रिले अनसनस्थल पुगेका  हाम्रा  सहकर्मीसंग कुरा गर्दै  दैनिक ११ बजेदेखि ५ बजेसम्म रिले अनशन बस्दै आएका पीडितले सरकारले आफ्ना माग सम्बोधनमा उचित ध्यान नदिएको गुनासो गरेका छन् ।

त्यस्तै  पीडितले ओरेन्टलका पदाधिकारी, सदस्य र उच्च कर्मचारी तथा तिनका परिवार र नातेदारका नाममा रहेको सम्पत्ति छानबिन गरी   नियन्त्रण दिनुको  अmलावा    पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनअनुसार आफ्ना समस्या   सम्बोधन हुने गरी व्यवस्थापन समिति गठन गर्न माग गरेका छन् ।  सरकारले आवश्यक कानुनको अभाव देखाउँदै ओरेन्टलमा ठगी गर्नेलाई  आवश्यक  कारबाही नगरेको  त्यस्तै  सरकारले अर्थमन्त्रालयका  र  राष्ट्र बैंकका डेपुटी गभर्नर   संयोजकत्वमा अलगअलग  छानबिन आयोग गठन गरे पनि पिडितकोमा ग सम्बोधन  हुने किसिमबाट   कुनै कार्य सम्पादन नभएको    पीडित सुगिता मिश्रले बताएकी छिन