शुक्रबार, चैत्र १६, २०८०

ऐन विपरीत धेरै शुल्क लिएका विद्यालयलाई कारबाही गर्न माग

काठमाडौ ज्येष्ठ ११,  नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यालय धोबीधारामा आज बसेको नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) अनेरास्ववियु (पाँचौं )लगायत ११ विद्यार्थी सङ्गठनका नेता सहभागी संयुक्त बैठकले अनुगमनका क्रममा ऐन विपरीत धेरै शुल्क लिएका Captureविद्यालयलाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार अनुगमनका क्रममा ऐन विपरीत धेरै शुल्क लिने विद्यालयलाइ एक हप्ता भित्र कारबाही गर्ने सहमति भएको त्यस्तै अनुगमनको क्रममा धेरै विद्यालयले शिक्षा ऐनभन्दा बढी रकम लिएको पाइएको पनि कारबाही गर्न आलटाल
गरेपछि भएपनि कारवाहीको क्रममा मन्त्रालय उदासिन भएको जनाउँदै त्यस्ता विद्यालयलाइ तत्काल कारबाही गर्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिएका छन । त्यस्तै प्रवक्ता लामिछाने अनुगमनका क्रममा भएका कमी कमजोरी पत्रकार सम्मेलन मार्फत बुधवार सार्वजनिक गर्ने तयारी रहेको पनि बताउँनु भएको छ ।