मङ्लबार, बैशाख ४, २०८१

ऐनविपरीत बढि शुल्क लिने विद्यालयलाइ कारवाही गर्न शिक्षामन्त्री पोखरेललाई १८ बुँदे ज्ञापन

प्रधानमन्त्री केपी ओलीको संरक्षणमा  हुँदै आएको  कालाबजारी  शिक्षा क्षेत्रमा जारी माफियाकरण, महङगी विरुद्ध   संयुक्त विद्यार्थी सङ्गठनले व्यङगात्मक सडक संवादको  आयोजना गर्ने

काठमाडौ ज्येष्ठ १३ , नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु(पाँचाँै) मधेसी विद्यार्थी फ्रन्ट लगायत १४ विद्यार्थी सङ्गठन आवद्ध संयुक्त विद्यार्थी सङ्गठनले आज शिक्षा ऐनविपरीत बढि शुल्क लिएका विद्यालयलाई कारबाहीको माग गर्दै शिक्षामन्त्री
Captureगिरिराजमणि पोखरेल लाइ  १८ बुँदे  ज्ञापनपत्र बुझाएका छन् ।
संयुक्त विद्यार्थी सङ्गठनले मन्त्री पाखरेललाइ निजी विद्यालय क्रमस युलियन्स, रातो बङ्गला, डिएभी, बृहस्पति, सिद्धार्थ वनस्थली, ग्यालेक्सी, सेभ, अक्सिडेन्टल, लिटिल एन्जल्स, जेम्स, मातृभूमि, राजश्री गुरुकुल लगायत निजी विद्यालयमा शिक्षा निर्देशिकाभन्दा बढी रकम लिएको जानकारी गराएका थिए ।
ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री पोखरेलले नियमविपरीत शुल्क लिएका विद्यालयलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयमा चाँडो बैठक राखेर यसबारे निर्णय लिने  बताउँदै संयुक्त विद्यार्थी सङ्गठनलाइ केहि दिन पछिनै परिणात्मक वातावारण बन्ने पक्षमा आश्वस्त पार्नु भएको थियो ।

यसैवीच प्रधानमन्त्री केपी ओलीको संरक्षणमा  हुँदै आएको  कालाबजारी  शिक्षा क्षेत्रमा   जारी माफियाकरण,    महङगी विरुद्ध   संयुक्त विद्यार्थी सङ्गठनले शुक्रवार  राजधानीको  रत्नपार्क पेट्रोलपम्म् अगाडि मुलुकका  चर्चित राष्ट्रि कलाकारको उपस्थितीमा  व्यङगात्मक सडक संवादको  आयोजना गर्ने भएको  छ ।  यसअघि  सङ्गठनले सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै गत ज्येष्ठ १० गते प्रम निवास वालुवाटारमा व्यङगात्मक प्रदर्शन गरेका  थिए  ।