शुक्रबार, चैत्र १६, २०८०

एमाले पार्टी केन्द्रीय कार्यालय भत्काउन आवेदन

काठमाडौ ज्येष्ठ १८,  वर्ष ०७२ को बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको बल्खु मदननगरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय भवन भत्काउन १५ संस्था र व्यक्तिले आवेदन दिएका छन् । धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानमा रहेको भाडाको कार्यालय balkhu-durbarसाँघुरो भएपछि एमालेले नयाँ भवन बनाउने योजनासहित बल्खु कार्यालय भत्काउन लागेको छ । एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार भत्काउन व्यक्तिगत रूपमा आवेदन दिनेमा जितेन्द्र शाह, राम श्रेष्ठ, किरणकुमार मगर, कृष्णबहादुर खड्का, केशबहादुर थापा, ताराप्रसाद लामिछाने, वीरेन्द्र चौधरी र भोजराज मगर छन् ।

त्यस्तै, राजनन्दनी इन्टरप्राइजेज, बंगलामुखी टड एन्ड सप्लायर्स, हृयाङ्ला थापती कन्सट्रक्सन, ठोसे खोला कन्सट्रक्सन, सिवी कन्सट्रक्सन तथा शिवम् स्क्रेप्ट सेन्टरले एमाले कार्यालय भत्काउन आवेदन दिएका छन् । गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिति बैठकले पुरानो भवन भत्काएर बल्खुमै नयाँ भवन बनाउने निर्णय गरेको आजको नयाँपत्रिका दैनिकमा समाचार प्रकाशित रहेको छ ।