शुक्रबार, चैत्र १६, २०८०

आव २०७३/७४ को बजेट शनिबार पेस गरिने

काठमाडौ ज्येष्ठ १३,  नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारले आगामी आव २०७३÷७४ को राजस्व र व्ययको bajetअनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत गर्न सदनसमक्ष गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही ज्येष्ठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय समेत निर्धारण गरिएको छ ।