बुधबार, बैशाख १२, २०८१

आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने एमाओवादीको निर्णय

काठमाडौ वैशाख २२, एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाउन आफ्नैे नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ ।  Captureपार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनःनिर्माणको कार्यलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा९एमाले०को नेतृत्वको वर्तमान सरकार गठन गर्न सहभागिता जनाएको हो । तर ् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हो । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणामुखी कार्य अगाडि बढाउन नसकेका कारण यस किसिमको सनर्णय लिनुपरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरी बाँकी रहेको कार्यभार पूरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा एमाओवादी, एमाले, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकलगायत सबै पार्टीलाई आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढ्न आह्वान गरिएको छ ।

प्रम र अध्यक्ष दाहालबीच भेटवार्ता  : यसैवीच प्रम केपी ओली र एमाओवादीका अध्यक्ष प्रचण्ड बीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।  यद्दपि भेटवार्ताबारे औपाचारिक जानकारी दिइएको छैन । मङ्गलबार साँझ एमाले र सत्ता साझेदार एमाओवादीका शीर्ष नेताको बैठक बसेको थियो । आज बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र दाहालबीच भेट भएको हो ।