शनिबार, बैशाख ८, २०८१

  आज विशेष समारोहका साथ देशभर बुद्ध जयन्ती मनाइँदै

काठमाडौ ज्येष्ठ ८ ,आज वैशाख शुक्ल पूर्णिमा अर्थात भगवान् गौतम बुद्धको २५६०औँ जयन्ती देशभर मनाइँदैछ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा लुम्बिनीमा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्,भिक्षुहरुको सहभागिता रहने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

431132_478160532254924_484742141_n gautamआज भन्दा २५सय ६० वर्षअघि वैशाख शुक्ल पूर्णिमाकै दिनमा   राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । सिद्धार्थ गौतमले २९ बर्षको उमेरमै राजर्षी सुखसयल त्यागेर सत्यको खोजीमा निस्किएका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूणिर्माकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।

भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् । शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाउने बुद्धको योगदान चीर स्मरणीय छ । त्यस्तै भगवान् गौतम बुद्धको जयन्तीकै अवसरमा राजधानीको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र एवम् शान्ति -यालीको आयोजना गरिने भएको छ ।