बिहिबार, चैत्र १५, २०८०

आज अपरान्ह संसदमा अर्थमन्त्रीले आव २०७३/०७४ को बजेट पेश गर्ने

काठमाडौ ज्येष्ठ १५, नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारले सरकारले आउँदो आर्थिक वर्ष २०७३/०७४ को बजेट आज ल्याउँदै छ । अपराह्न ४ बजे संसदमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले बजेटका सम्बन्धमा छलफल गर्दै निर्धारित समयमै बजेट ल्याउने निर्णय गरेको छ ।

सरकारले आउँदो आर्थिक वर्षका लागि १० खर्ब ४० भन्दा बढीको बजेट ल्याउन लागेको हो । संसद बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्नेछन् । त्यस्तै बजेटमा नागरिकको जीवनस्तर माथि उठाउने योजनासहित भूकम्पपछिको पुनर्निर्माण, पूर्वाधार विकास तथा सामाजिक सुरक्षामा विशेष जोड दिइएको छ ।

बजेटमा गामीण क्षेत्रका नागरिकलाई महशूस हुनेगरी कृषिमा आधुनिकीकरण, पूर्वाधार विकास, भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका कार्यक्रम समावेश गरिएको छ । यस्तै कर्मचारीको तलब बढ्ने जनाईएको छ । । त्यस्तै सामाजिक सुरक्षा भत्ता कायम राख्दै वृद्धवृद्धा, अपांगता भएका, अशक्त, एकल महिला तथा बेरोजगार युवाका लागि पनि बजेटमा विशेष कार्यक्रम समावेश भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।