बिहिबार, बैशाख १३, २०८१

अनुसन्धान अधिकृत खड्का विरुद्ध मुद्दा दायर

काठमाडौ ज्येष्ठ १३ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत रणदीप खड्का akhtiyar-600विरुद्ध मुद्धा दायर गरेको छ । आयोगका अनुसार अनुसन्धान अधिकृत खड्काले बढुवा प्रयोजनमा लागि पेस गरेको वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको जनाएको छ । त्यस्तै आयोगले अभियुक्त खड्कालाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।